बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ। लकडाउन अन्त्यपछि कोरोना जोखिम बढेसँगै काठमाडौँ उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार उपत्यकाबाहेक पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोर बिजोर नियम लागू हुनेछ।  ..


लगानी वोर्डका प्रमुख कार्यकारी भट्टद्धारा पदवहार ग्रहण

सोमवार छनौट प्रक्रियाका सबै चरणहरु स्वच्छ प्रतिष्पर्धाबाट पुरा गर्दे लगानि वोर्डको प्रमुख कार्यकारी नियुक्त हुनु भएका पूर्वाधार तथा विकास विज्ञ शुशिल भट्टले आज पद वहार ग्रहण गर्नु भएको छ । राष्ट्रिय योजना आयोगमा सदस्य समेत रहेका सुशील भट्ट एक कुशल व्यवस्थापक मानिनु हुन्छ । राष्ट्रिय योजना आयोगमा उनले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, सार्बजनिक निजी साझेदारी तथा आयोजना बैंक हेर्दै आएका थिए । भट्टकै पहलमा राष्ट्रिय योजना आयोगमा राष्ट्रिय आयोजना बैंक स्थापना भएको हो, जसले सार्वजनिक लगानीका ..


सक्षम व्यक्ति उपयुक्त पदमा

विकास तथा पूर्वाधार क्षेत्रका विज्ञ इञ्जिनियर शुशिल भट्ट लगानि वोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि वलियो उम्वेदवार ठहरिएका छन् । काठमाण्डौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका भट्ट व्यवस्थापन विकास क्याम्पसका प्राध्यापक तथा नेपालका प्रशासक, अर्थविद, प्राज्ञ, अनुसन्धानकर्ता तथा दिग्गज व्यक्तित्वहरुको छाता संगठन नेपाल व्यवस्थापन संघको दुइपटक पूर्व अध्यक्ष समेत भइसक्नु भएका व्यक्ति हुन् । आफ्नो उच्च शिक्षा हासिल गर्ने क्रममा पढाइमा अव्वल इञ्जिनीयर भट्ट एसिएन एसोसिएशन अफ म्याने ..


'बग्गीखाना' पूर्णरुपमा सिल

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा 'बग्गीखाना' पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ। 'अहिले सिल गरेर हामी को को सँग सम्पर्कमा आएका थिए भन्ने लिष्ट बनाउँदै छौं,' महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने। महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो। क्वारेन ..


साउन ७ सम्म अहिलेकै लकडाउन

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको  मन्त्रीले जानकारी दिए । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् । यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन्  निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा ..


लकडाउन जेठ २० सम्म

५ जेठ, काठमाडौं । सरकारले लकडाउन १५ दिन थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले जेठ २० सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । ..


प्रशासनिक उपस्थितिको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु गणेश ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमारी पहाडी, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले उक्त प्रस्ताव दर्ता गरेका हुन्। भारतले नेपालको चार सय बर्ग किलोमिटरभन्दा बढी भूभाग मिचेको भन्दै उक्त भूमि फिर्ता ल्याई प्रशासनिक उपस्थितिको माग गर्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रस्तावमा भारले मिचेको भूभाग फिर्ता ल्याई नेपालले आफ्नो प्रशासनिक तथा राजनीतिक उपस्थिति जनाउनुपर्ने निर्देशनको माग गरिएको छ।  ..


लकडाउन जेठ ५ सम्म

२४ बैशाख, काठमाडौं । सरकारले लकडाउन ११ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले जेठ ५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । ..


बैशाख २५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

१४ चैत, काठमाडौं । सरकारले लकडाउन १० दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । ..


बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । ..


Top