• Newsenepal

    कम्युनिष्ट पार्टीको आधारभूत चरित्र 


    वर्गयुक्त समाजमा निर्वर्र्गीय पार्टीको परिकल्पना हुनसक्दैन । पुंजीवादीहरू जनतालाई छलछाम गर्न निर्वर्गीय राजनीतिक पार्टीको वकालत गर्छन् र आफ्नो पाखण्डी चरित्र प्रदर्शन गर्दछन् । नेपालको कम्युनिष्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गको पार्टी हो । यसैबाट पार्टीको आधारभूत चरित्र निर्धारित हुन्छ । कम्युनिष्ट पार्टीले आफुलाई सम्पूर्ण जनताको पार्टी अथवा नेपाली मात्रको राजनीतिक पार्टी भन्न सक्दैन । कम्युनिष्ट पार्टीले मानव जातिकै मुक्तिको विषयलाई आफ्नो लक्ष्य बनाएको हुन्छ तर त्यसको शुरूवात सर्वहारा वर्गको मुक्तिबाट मात्र सम्भव छ । त्यसकारण यसले आफूलाई सर्वहारा वर्गीय पक्षधरतामा ढाल्नु अनिवार्य हुन्छ । त्यतिमात्र होइन, कम्युनिष्ट पार्टी समाजमा वर्ग विलोपको साधनका रूपमा क्रियाशील रहन्छ । किनकि नेपाली समाज विकसित हु‘दै कुनै कालखण्डमा आजका वर्गहरू नभएको अवस्थामा पुग्नेछ । आधारभूत चरित्र भन्नाले वर्गचरित्र हो र कम्युनिष्ट पार्टीको आधारभूत वर्गचरित्र भन्नाले सर्वहारा श्रमजीवी वर्गीय पक्षधरता नै हो । नेताहरूको मात्र पार्टी भन्ने पुरानो मान्यताबाट अब कम्युनिष्ट पार्टी जनआधारित कार्यकर्ता पार्टी हुनुपर्छ । यस्तो पार्टीले मात्र जनताका शत्रुहरूलाई पराजित गर्न प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्नेछ र जनताको आधार प्राप्त गर्नेछ । यस्तो पार्टीको कामको पद्धति निरंकुश नभै लोकतान्त्रिक मात्र हुन  सक्दछ । पद्धति भनेको तलमाथि, वरपर, पार्टीभित्र र बाहिर पार्टी सदस्य, कमिटी, जनता र पार्टीभन्दा बाहिर सम्बन्ध कायम गर्ने वैज्ञानिक व्यवस्था हो । कम्युनिष्ट पार्टी समाजको आमूल क्रान्तिकारी परिवर्तनको पक्ष्ँधर र नेतृत्वकारी शक्ति हो । पार्टी सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्था पनि हो । कम्युनिष्ट पार्टी सैनिक संगठन वा राजकीय संगठन बन्न हुन्न । कम्युनिष्ट पार्टी सर्बहारा वर्गको राजनीतिक संगठन मात्र हुनुपर्दछ । आजको युगिन निष्कर्ष पनि यही हो ।

    माक्र्सवादको उदय १९औं शताब्दीको मध्यकालमा भएको हो । तत्कालीन परिस्थितिमा उत्पादनका साधनबाट पूर्णरूपले बञ्चित र बाँच्नका निम्ति पुँजीपतिका हातमा आफ्नो काम गर्नसक्ने शक्ति (श्रम) वस्तुका रूपमा विक्री गर्न बाध्य सर्वहारा वर्ग नै थियो । यो वर्ग खास गरेर औद्योगिक जनसमुदायमा पर्दथ्यो । आज विज्ञान र प्रविधिको खोज र विकासले सर्वहारा वर्गको परम्परागत मान्यतामा केही परिवर्तन गरिदिएको छ । विकसित मुलुकहरूमा कुनै पनि क्षेत्रको उत्पादनमा सामेल मजदुरलाई स्वामित्वको एउटा हिस्सा प्रंदानगरिन्छ । रोजगारी, आवास, शिक्षा जस्ता आधारभूत मानवीय पक्षलाई राज्यद्वारा नै सुनिश्चित गरिएको हुन्छ । कतिपय पु‘जीवादी मुलुकहरूमा समाजवादी मुलुकहरूमा जस्तै श्रमिक जनताका सबै किसिमका मानवीय अधिकार सुनिश्चित गरिएको छ । यस्तो प्रवृतिले क्रमिकरूपमा विश्वव्यापी बन्ने सम्भावनालाई वस्तुगत आधार प्रदान गरिरहेको छ । पुरानो युगमा आधुनिक सर्वहारा वर्गको अस्तित्व सम्भव नभएपनि श्रमजीवी वर्गीय जनता विश्वव्यापी रूपमा थिए । अहिलेको अवस्थामा सर्वहारा वर्गको ठाउ‘मा श्रमिक वर्गको नामाकरण बढी उपयुक्त वनेको छ । पहिले अतिरिक्त मूल्य उत्पादनमा शारीरिक श्रमको बढीभन्दा बढी प्रयोग हुनेगर्दथ्यो । अव त्यसको ठाउ‘ मानसिक श्रम तथा बौद्धिक श्रमले लिइरहेको छ । पहिले किसान अस्थिर र संक्रमणकालीन वर्गका रूपमा रहेको थियो । तर अहिले त्यो स्थायी श्रमिक वर्गको एउटा हिस्साका रूपमा देखा परिरहेको छ । पहिले मजदुर वर्गमात्र अन्तर्राष्ट्रिय वर्गका रूपमा रहेको थियो । तर अहिले विश्वव्यापीकरण एवं विज्ञान र प्रविधिको विकासका कारण हरेक पेशा, व्यवसाय समेत अन्तर्राष्ट्रियकरण भइरहेका छन् । यस्तो अवस्थामा अतिरिक्तमूल्य उत्पादनमा संलग्न शारीरिक—मानसिक श्रमको प्रयोग गर्ने सम्पूर्ण श्रमजीवीवर्गको मुक्तिका निम्ति क्रियाशील रहने सिद्धान्त बन्दै गएको छ । यस्तो अवस्थामा पनि श्रमिकवर्ग, समुदाय, तह र तप्काको पनि राजनीतिक प्रतिनिधिका रूपमा कम्युनिष्ट पार्टीले आफूलाई विकसित गर्नु अनिवार्य छ । जुन कम्युनिष्ट पार्टीले जनताको बहुदलीय जनवादलाई आफ्नो आधारभूत सैद्धान्तिक मान्यताका रूपमा अगाडि सारेका छन् । उनीहरूले यस दिशामा युगीन महत्वको पाइला चालेका छन् । 

    उत्पादनका साधनमा सामाजीकरण भएर अन्त्यमा सामाजिक स्वामित्वले विश्वव्यापी स्थान लिने कुरा निश्चित छ । तर पनि पूँजीवादपन्थी र साम्राज्यवादीहरू तथा सबै शोषक वर्गका प्रतिनिधिहरू यस्तो सामाजीकरणको बिरूद्ध बाँचुञ्जेल लागिरहनेछन् । यसरी हेर्दा कम्युनिष्ट पार्टीले जसरी श्रमजीवी वर्गको पक्षपोषण गरिरहनु पर्नेछ त्यसै गरी समाजको परिवर्तन र विकासका बाधक वर्गहरूको विरोधमा खडा हुनु अनिवार्य हुनेछ । त्यसैकारण नेपालका कम्युनिष्ट पार्टीहरूका निम्ति जमिन्दार तथा सामन्त वर्ग, सामा्रज्यवाद तथा यिनका पिछलग्नु दलाल नोकरशाही पूँजीपति वर्ग शत्रुवर्गको रूपमा रही रहनेछन् ।

    एकातिर श्रमिक वर्गको अन्तर्राष्ट्रियकरण भइरहेको छ, भने अर्कोतिर मुलुक मुलुकहरू बीचको घनिष्टता पनि उत्तिकै गाढा बन्दै गइरहेको छ । यस्तो अवस्थामा साम्राज्यवादको विरूद्ध रहेका कारणले मात्रहोइन आफै देशको मालिक हुनुपर्ने कारणले पनि श्रमिकवर्गमा देशभक्तिको भावना अझ वैज्ञानिक रूपमा विकसित भइरहेको छ र त्यो कुरा अझ पुष्टि भइरहेको छ । कम्युनिष्ट पार्टीले आफू सहित सि¨ो समाजको लोकतान्त्रीकरण गरिरहेको सन्दर्भमा लोकतान्त्रीकरण पनि कम्युनिष्ट पार्टीको अर्को आधारभूत चरित्र बन्नपुगेको  छ । उपरोक्त विश्लेषणले वर्गसंघर्षनै अहिले पनि समाज विकासको मुख्य आधार हो भन्ने पुष्टि गर्दछ । कम्युनिष्ट पार्टीले आफूलाई वर्गसंघर्षको नेता र साधन नबनाई सही दिशामा विकास गर्न सक्दैन । अतः कम्युनिष्ट पार्टीले आफुलाई आफ्नै प्रयत्नमा वर्गसंघर्षको नेता र साधन बन्न दुवै क्षेत्रमा क्रियाशील वनाइरहनुपर्दछ । हरेक वर्गसंघर्ष समाजको उत्पादन पद्धतिलाई अझ उन्नत र आमूल परिवर्तनद्वारा समाजवाद उन्मुख बनाउँनका लागि नै हुनुपर्दछ । त्यस दिशामा आप्mनो शक्ति परिचालित गर्नु पार्टीका निम्ति अनिवार्य आवश्यकता हो । यसै कारण कम्युनिष्ट पार्टीलाई एउटा क्रान्तिकारी शक्तिका रूपमा विकास गर्दै त्यसैमा कायमराख्नु वर्तमान अवस्थामा पार्टी निर्माणको मुख्य कार्यभार हो । सारांशमा भन्नु पर्दा कम्युनिष्ट पार्टीको आधारभूत चरित्र, श्रमिक वर्गीय पक्षधरता, देशभक्ति, लोकतान्त्रीकरणका रूपमा निश्चित भएको छ ।


    1213 0 9/12/2020 @ 20:53
  • Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top