• Newsenepal

    के हो जनताको बहुदलीय जनवाद ?


    नेपाली समाजको अग्रगामी परिवर्तन र विकासका लागि गरिने क्रान्तिको जनवादी र समाजवादी गरी दुईचरण छन् । त्यसैगरी क्रान्तिपछि स्थापना गरिने सामाजिक, आर्थिक व्यवस्थाका पनि जनताको जनवाद र वैज्ञानिक सामाजवाद गरी दुई कार्यक्रमहरू छन् । सर्वहारावर्गको नेतृत्वमा स्थापित नयाँ राज्यसत्ताको शासन प्रणाली २० औं शताब्दीको आखिरसम्म पनि एकदलीय नै देखा  परे । एकदलीय शासन प्रणालीले आधा शताब्दीभन्दा पहिले स्थापित समाजवादको रक्षा गर्न सकेनन् । उपरोक्त अनुभवबाट शिक्षा लिएर एकदलीयताका ठाउँमा बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली अबलम्बन गर्दा जनवाद र समाजवादको रक्षा र विकास गर्न सकिन्छ भन्ने विचार अगाडि सारियो त्यसको नाम जनताको बहुदलीय जनवाद राखिएको हो । जनताको जनवादी व्यवस्थाको नाम कतै ‘नयाँ जनवाद’ कतै ‘राष्ट्रिय जनवाद’ र नेपालमा यसलाई ‘जनताको बहुदलीय जनवाद’ नामाकरण गरिएको छ । अहिले यसको मुख्य विशेषता सर्वहारा वर्गको नेतृत्व र समाजवाद उन्मुख प्रतिस्पर्धात्मक बहुदलीय जनवादी व्यवस्था बनेको छ ।
     
    रूसी सर्वहारा वर्गको नेतृत्वमा १९१७ मा सम्पन्न समाजवादी क्रान्तिपछि ७४ वर्षको विश्व समाजवादी व्यवस्थामा बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली लागु गरिएन । अहिले पनि समाजवादी व्यवस्था कायम रहेका चीन, भियतनाम, कोरिया र क्यूवामा बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली छैन । आजसम्म समाजवादी व्यवस्था कायम भएका मुलुकहरूमा क्रान्तिका दौरान अरू पार्टीको अस्तित्व नरहेका कारण कम्युनिष्ट पार्टीको मात्र नेतृत्व स्थापित हुनगयो । ती देशहरूका व्यवस्थापिकामा वर्गीय र क्षेत्रीय प्रतिनिधित्वको व्यवस्था रहेको छ । त्यहाँँ मान्छेद्वारा मान्छेको शोषण समाप्त गरिएको छ । जनताका आधारभूत समस्या समाधान भएका छन्  र जनताको जीवनस्तर उन्नत बन्दै गैरहेको छ ।

    बहुदलीय प्रतिस्पर्धाको शासन प्रणालीलाई माक्र्सवाद सम्मत ढगंबाट जनवाद र समाजवादमा पनि अवलम्बन गर्ने विचार अगाडि सार्ने व्यक्ति कमरेड मदन भण्ड।री हुनुहुन्थ्यो र उहाँ नेकपा (एमाले) का तत्कालीन महासचिव हुनुहुन्थ्यो । विश्व कम्युनिष्ट आन्दोलनमा बहुदलीय प्रतिस्पर्धा पूँजीवादीहरूको जनता छक्याउने नाटक हो भन्ने मान्यता रहेको अवस्थामा यस्तो नीति अवलम्बन गर्ने काम आफैमा दूरगामी महत्वको साहसिक र ऐतिहासिक कदम थियो । अनेक कोणबाट विरोध भए पनि यो काम माक्र्सवाद सम्मत भएकै हुनाले यसका विरोधीहरू मैदानमा टिक्न सकेनन् ।

    हरेक वस्तु, घटना र विचारमा अन्तरनिहित द्वन्द्वात्मकताले तिनीहरूको अस्तित्व निर्धारण गर्दछ । द्वन्द्वात्मकता प्रकृतिको सार्वभौम नियम हो । राज्यसत्ता र शासन प्रणालीमा पनि द्वन्द्वात्मकता हुन्छ । अहिलेसम्मको अनुभवका आधारमा भन्नुपर्दा बहुदलीय प्रतिस्पर्धा शासन प्रणालीको द्वन्द्वात्मकता प्रकट गर्ने सबभन्दा प्रभावकारी तरिका हो । यसले राज्यसत्तामा द्वन्द्ववादका नियमहरूलाई प्रतिष्थापन गर्न मद्दत गर्दछ । बहुदलीय प्रतिस्पर्धाको प्रणाली बहुमत जनताको प्रतिनिधित्व संगठित गर्ने लोकप्रिय प्रणाली हो । यस प्रणालीलाई पूँजीपति वर्गले आफ्नो वर्गीय हितका निम्ति प्रयोग गरेका हुनाले यसले श्रमजीवी वर्गको सेवा गर्दैन भन्ने भ्रम परेको मात्र हो । जनवादी र समाजवादी व्यवस्थामा पनि प्रयोग गर्दा यसले सर्वहारा श्रमजीवी वर्गको सेवा गर्नसक्छ । पूँजीवादी संसदको वर्ग चरित्र प्रतिक्रियावादी हुन्छ, त्यसको विरोध गर्नुपर्छ, बहुदलीय प्रतिस्पर्धा जनपक्षीय हुन्छ, त्यसलाई उपयोग गर्नुपर्छ । यस्तो बहुदलीय स्वरूपबाट क्रान्तिकारी सारको रक्षा र विकास गर्न सकिन्छ । अब जनताको बहुदलीय जनवाद केवल शासन प्रणालीमा मात्र सीमित रहेको छैन । यसले सैद्धान्तिक, वैचारिक र राजनीतिक क्षेत्रका कैयौं कार्यकारण सम्बन्धको पनि उद्घाटन गरेको छ । अहिले जनताको बहुदलीय जनवाद विश्व कम्युनिष्ट आन्दोलनको एक सशक्त क्रान्तिकारी लोकतान्त्रिक धारको रूपमा विकसित भएको छ । यसले सिद्धान्त, राजनीति, अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पनि छुट्टै योगदान गरेको छ ।

    माक्र्सवादलाई वैज्ञानिक पद्धतिका रूपमा सबभन्दा पहिले लेनिनले अघिसार्नु भएको हो । माक्र्सका नाममा आएका सवै विचारहरू माक्र्सका दिमागबाट स्वतः प्रस्फुटित भएका थिएनन् । तर माक्र्सले नै सबै विचारहरूलाई बुद्धिसंगत निष्कर्षको अवस्थामा पु¥याउनु भएको थियो र तिनलाई माक्र्सवाद भनेर नामाकरण गरिएको थियो । लेनिनले माक्र्सका विचारहरूलाई वैचारिक पद्धतिका रूपमा प्रस्तुत गर्दै माक्र्सवादका तीन स्रोत र तीन संघटक अगं छन् भनेर उल्लेख गर्नुभयो । ती तीनवटा स्रोतहरूमा जर्मनशास्त्रीय दर्शन, फ्रेन्च काल्पनिक समाजवाद र अङ्ग्रेज अर्थशास्त्र थिए भने तीन संघटक अगंहरूमा द्वन्द्वात्मक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद थिए । यी सबै विषय माक्र्सका अनुसन्धानबाट नयाँ आएका नभै उहा“को संयोजनमा सही किसिमले व्यवस्थित गरिएका हुन । यी विषयका सिर्जनाकर्ताहरू अधिकांश पूँजीवादपन्थीहरू नै थिए । माक्र्सवादको मुख्य विशेषता नै सर्वहारा वर्गको मुक्ति संघर्षमा मार्गदर्शक बन्नु हो । 

    विश्व कम्युनिष्ट आन्दोलनभित्र एकदलीय शासन प्रणाली सर्वव्यापी बनिरहेको त्यस कालमा कसरी नेपालका कम्युनिष्टहरू बहुदलीय प्रतिस्पर्धाको प्रणालीमा पुग्नसके भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण रहेको छ । बहुदलीय प्रतिस्पर्धाको शासन प्रणालीको कार्यकारण सम्बन्ध नबुझी, विश्वको समग्र अवस्थाको आंकलन नगरी तथा माक्र्सवाद लेनिनवादका आधारभूत सिद्धान्तबाट सही मार्गदर्शन प्राप्त नगरी कोही पनि यस्तो निष्कर्षमा पुग्न सक्दैन । कुनै पनि विषयवस्तु बारे अवधारणाबाट निष्कर्षमा पुग्नु विचारको विकासमा एउटा महत्वपूर्ण चरण हो भने त्यसलाई कार्यान्वयनको विषय बनाउनु अर्को महत्वपूर्ण चरण हो । बुद्धिसंगत निष्कर्ष र साहसिक नेतृत्वको संयोजनमा मात्र यो सम्भव थियो । यिनै विशेषतामा पुगेपछि कमरेड मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद अगाडि आएको हो । माक्र्सवाद बुझ्ने लेनिनीय पद्धतिलाई अनुशरण गर्दै जनताको बहुदलीय जनवादका पनि दुई स्रोत र तीन संघटक अगं छन् भन्ने निष्कर्षमा पुगिएको हो । 


    1239 0 9/13/2020 @ 21:08
  • Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top