काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना छन् । हाल सम्म डिस्चार्ज भएर जानेको संख्या ६२ हजार ७ सय ४० जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ११७७ जना संक्रमित थपिएका छन् । जस मध्य काठमाडौं जिल्लामा मात्र १००१ जना छन् भने भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं वरपरका खबरहरु
Newsenepal द्वारा लिखित अन्य खबरहरु