• अस्मिता अधिकारी

    पर्टीमा युवा, विद्यार्थी पाका डा महतलाई फलामका च्युरा


    काठमाडौं, ३० साउन । गएको फागुन महिनामा माउ पार्टी नेपाली काँग्रेसको महाधिवेशन ताका एउटा समाचारले निकै ठूलो चर्चा पायो, नेपाली काँग्रेसको महाधिवेशनमा युवाको प्रतिनिधित्व नाटकीय रुपमा बढ्यो ।

    त्यस समयमा दिइएको तथ्यांकमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुमा ३० वर्ष मुनिका प्रतिनिधिको संख्या कम्तीमा पनि एक तिहाई छ, र यो संख्या यसअघिका महाधिवेशनेहरुको तुलनामा दोब्बर भन्दा बढी हो ।

    त्यो प्रतिनिधित्व हुनुमा पार्टीले गरेको गल्तीलाई तर्कका रुपमा अघि सारिएको थियो । त्यो गल्ती थियो पार्टीले नेपाल विद्यार्थी संघको महाधिवेशन रोक्नु ।

    हुन पनि हो । पार्टीको महाधिवेशन दुई दुई पटकसम्म हुदा पनि नेविसंघको माउ पार्टीले गरिदिएन । त्यस ताकाका विश्लेषकहरुको तर्क थियो, यदि पार्टीले समयमै नेविसंघ, तरुण दल आदिको महाधिवेशन गरिदिएको भए ती युवाहरु त्यतै जान्थे ।

    कम्तीमा पनि एक दशकसम्म यो महाधिवेशन नगरिदिएको कारणले नै युवाले आफ्नो प्लेटफर्म पाएनन् र यसरी पार्टीमा प्रवेश गर्नुपर्यो । यो तर्कमा धेरै दम छ किनभने काँग्रेसका युवा, विद्यार्थी र तरुणले प्लेटफर्म नपाएकै हुन् ।

    तर यतिबेला भने नेपाली काँग्रेस आवद्ध तिनै विद्यार्थीको महाधिवेशन चलिरहेको छ र यसलाई अहिलेको पार्टी नेतृत्वले सम्भव बनाइदिएको छ । यसअघिको नेतृत्वले सम्भव नदेखेको यो महाधिवेशनलाई काँग्रेसीजनहरुमा मानौँ कि आठौं आश्चर्यजस्तो गरी लिएका छन् र आम रुपमा निर्वाचनमा होमिइसकेका छन् । तर यतिखेरको महाधिवेशनमा पनि एउटा अलग्गै चर्चाको विषय बनेको छ विद्यार्थी संगठनमा पाकाको दाबी भनेर ।

    यसमा पनि पार्टीले दशवर्षसम्म महाधिवेशन नगरिदिँदा तिनै विद्यार्थीको उमेर दश वर्ष पुरानो भएको हो भन्दा गल्ती हुदैन । पार्टीमा जुन कारणले आकांक्षीको उमेर घट्दो थियो संगठनमा पनि त्यही कारणले विद्यार्थीको उमेर बढेको हो । जे होस, यो दुवै यथार्थ हो ।

    प्रसंग यतिखेर जारी महाधिवेशनको सफलताको हो । यो सफलतासँग पार्टीको नयाँ नेतृत्वको सफलता जोडिएको छ । किनभने अघिल्ला नेतृत्वहरुले दशकसम्म पनि सम्भव नदेखेको महाधिवेशन वर्तमान शेरबहादुर देउवाको नेतृत्वले पाँच महिनाभित्रै सम्भव देख्यो र आँट्यो । यसलाई आट्ने काममात्र नेतृत्वले गरेको भएपनि सम्भव तुल्याउने मेरुदण्डको नाम डा प्रकाशशरण महत हो । सभापति देउवाले नेवि संघको महाधिवेशनको जिम्मेवारी दुई महिना अघि मात्र दिएका थिए ।

    नेता डा महत भन्छन्, काम त निकै अपजसिलो हो किनभने एक दशकदेखि गुम्सिएर रहृेको विद्यार्थी भावनाको व्यवस्थापन गर्नु त्यति सजिलो काम होइन तर पनि पार्टी सभापतिले दिएको जिम्मेबारीबाट म पछि हट्न सकिन ।

    उनले भनेजस्तै गएको करिब महिना दिनदेखि उनको घरमा ठूलो मेला लागेको छ । दिनहूँ सयौँ व्यक्ति टुट्दैनन् । कोही टिकट माग्न त कोही दिलाउन । अनि कोही दबाब दिन । तर डा महतमाथिको अर्काे दबाब पार्टी नेतृत्वको पनि हुनसक्ला । यो वा त्यसको पक्षमा माहौल बनाउने वा टिकट दिने भन्ने निर्देशन पनि हुन्छ नै होला । यी सबै चुनौतीका बाबजुद पनि डा महत महाधिवेशनलाई सम्भव बनाउन जिम्मेवारी पाएको दिनदेखि नै लागि परेका छन् ।

    उनले लागेजस्तै नै महाधिवेशनले सफलता पनि आर्जन गरेकै छ । तीन अलग्गै समूहका तीनवटा प्यानललाई मिलाएर यहाँसम्म ल्याउन पनि फलामका चिउरा चपाउनु सरह नै थियो । डा महतले यतिखेर चिउरा चपाइ नै रहेका छन् । त्यसैले यो पाका पुस्ता र विद्यार्थी पुस्ताबीचको अन्तर आगामी दिनमा हटाएर नेवि संघलाई पाका संघ नभएर विद्यार्थी संगठन नै बनाउनका लागि उहाँले प्रस्ताव गरेको नयाँ विधानले निकै असल संकेत गरेको छ । यसलाई विद्यार्थीले नै छलफलमा ल्याएर विधानकै रुपमा पारित गरिदिने हो भने यसले धेरै ठूलो फरक पार्ने छ । आगामी दिनमा विद्यार्थी संघलाई धेरै राम्रो बनाउने छ ।   


    1826 0 8/14/2016 @ 11:29

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top